सूर्यका रंगहरु
अक्सर मान्छेहरु परिवर्तनलाई हेयको दृष्टिले हेर्ने गर्छन । तर शक्ति र पराक्रमको असिमित बैभव भएको सूर्यको पनि रंग फेरिने रैछन् । बादल उही हो धर्ती उही हो, उदाउने सूर्य को लहर पनि त उस्तै पुनरावृति हो, तर कुनै दिन सुनौलो त कुनै दिन चादीलहरमा टिलिक्क सूर्य !!
स्यान्नानीलाई सबेरै उठ्ने बानी छ । मुनेमुने उसको सबैभन्दा प्रिय साथी —मुनेमुने कराएको आवाज झ्यालबाट सुनिदा उसको आडैमा बाले रोजेर ल्याएको घास लिएर बस्न मन लाग्छ । मुनेमुने आफ्नै बच्चा हो र आमाले जस्तो माया गर्नुपर्छ भन्ने कुरा स्यन्नानी आमालाई बुझाइराख्छिन जुन देखेर आमालाई आनन्दको हासो पैदा हुन्छ । छोरी छोरी हुर्केको महसुसले होला ।
हरेक दिन बिहान उठेर मुनेमुनेलाई आगनमा मकै खुवाउदै, जोगी डाँडाको टुप्पोमा टिलिक्क घामका लहर आखा झिमझिम पार्दै हेर्न खुब मज्जा लाग्छ स्यन्नानीलाई । स्यान्नानी उत्सुक स्वभावकी छ । ऊ हरेक कुरामा के किन कसो भन्ने चासो दिन्छे र सकेसम्म जो कोहीसँग सोधेर जान्ने चेस्टा राख्छे । आज घरमा सहरमा क्याम्पस पढ्ने मामा आउनुभएको छ । मामा हातमुख धोएर खाजा खान पिंडीमा बसेका छन् । घाम डुब्ने लाग्दा आइपुगेका मामालाई उसले घाम तिर देखाउदै भनी, मामा यो घामलाई
किन हामी यो फूल देखेजस्तो देख्दैनम् ?
मामाले अचम्मीत हुदै भने कसरी हेर्न मन लाग्यो हाम्रो स्यन्नानीलाई घाम ?
जसरि भएपनि यसो हेरुम भन्यो बिहान देखि बेलुका सम्म यता डाँडा देखि उता सर्छ तर आखाले राम्रोसँग मजाले देखिन्न खाली टिलिली तिरिमिरी मात्रै .... झ्याउ लाग्ने..!! किन हेर्नुपर्यो तनि तिम्लाई त्यसरी???
मन लाग्दैन त अरु हेर्नुन गोठको गाई, करेशाबारीको तरकारी, आगनको डिलैमा फुलेका फूल,कति मजाले हेरिन्छ घाम मात्रै कस्तो क्या??अझै बिहान बेलुका पनि कहिले सेतो हुदै आउछ कहिले सुनौलो कहिले फेरी रातै????
के खालको खालको ...??
हेहेहे, ल म आज भान्जीलाई सूर्य किन प्रस्ट देखिन्न अनि बिहान बेलुका घरि सुनौलो र घरि चादी जस्तो रंगको हुन्छ भन्ने कुरा बताउछु ।
जस्तै यो आगनको डिलको फूल हाम्रो आखाको नजिक छ त्यसैले प्रस्ट देखिन्छ तर सूर्य त निकै टाढा छ र दिउसो सूर्यमा एकदमै तेजस ज्योति हुन्छ तेसैले तिरिमिरी देखिन्छ. कहिले काँही बादलले छेकेको बेलामा त अलिक अर्कै पनि देखिन्छ नि... याद गरेको छैनौ भान्जीले ?? हो एकदिन त म चन्द्रमामा आएछन् दिउसै भनेर आमालाई देखाउदै थिए बादल ले हो भन्नु भाथ्यो....??
त्यहि त अनि अर्को कुरा नि स्यान्नानी, बिहान बेलुका चाँही सूर्य पूर्वबाट उदाउँदा सूर्य धेरै खाले हावाका लहर पार गरेर बल्ल हामीले देख्ने हो अनि यसको किरणमा धेरै खाले अरु किरण हुन्छन्, हावाको भिन्न भिन्न तह बाट पार हुने हुन्छ । अनि अर्को कुरा सूर्य को किरणमा पनि सात किसिमका रंगहरु हुन्छन् अरु सबै परावर्तित हुन्छन रातो पहेलो वा सेतो नहुँदा चाहि तिनै तिनै रंग हामीले यहाँबाट देख्ने हो निलो , हरियो रंग पनि हुन्छन तर तिनीहरु सबैभन्दा पहिला परावर्तित हुने हुनाले हामी रातो, सुन्तला वा पहेलो देख्छम् कहिले काही हाम्रो वातावरणको धुलोका विभिन्न कणहरुले पनि यसलाई असर गर्ने गर्छन् । अनि सेतो रातो रङ्ग मध्य चाँहि जुन चहकिलो हुन्छ त्यही प्रस्ट देखिन्छ ।
यो परावर्तन भनेको चाई के हो नि, मामा ??
भोलि विहान बुझाम्ला त्यो बारे अहिले लाई किन तिरिमिरी हुन्छ र किन अनेक रंग देखिन्छन बुझेउ नि ।
उम्!!!


