फागुमास .............!!!

 जीन्दगीका ३०औ वर्ष सगैं बिताएका मेरा बाबा आमालाई कहिल्यै कसैले सोधेका पनि छैनन् सायद........

ए कंडेल सर Do You Love Madam...?

आफ्ना सारा कुरा सम्झना अनि व्यक्तित्वमा नै साथ लिएर 

साथ दिन बासंग accompanied हुन आएकी मेरी आमा

सधैं सदचित्त रहिन बा र बाका कुरा सगैं सगालिएर 

बाले आमाको साथमा के कति सारथी बन्नुभयो Still an enigma...!!

मिठो नमिठो राम्रो नराम्रो त आफूलाई लाग्ने हो

यी भोगाइमा सधैं दत्तचित्त भएकाले पो त नया उर्जा जाग्ने हो

यहाँ  marriage is compromise,

relationship is more of a trust .......भन्नेहरुलाई ,

मेरो प्रश्न ,

के तपाईले खुशी र आनन्दको भिन्नताबारे कहिल्यै सोच्नुभएको छ 

के तपाई कहिल्यै convinced भाको की confused भाको बारे 

एकान्तमा समिक्षा गर्नुभएको छ ??

आफ्ना मनका confusion मा convincing idea खोज्दै गरेकी एक मित्रको बडो आपत्तिजनक skepticism

सबै कुरामा राम्रो नलाग्दा कसरी  cope गर्ने परिस्थितीलाई 

मेरो एकमुस्ट उत्तर, Nothing is an epitome of perfection

जसरी सुर्यको ताप सधैं न्यानो हुदैन 

जसरि चन्द्रमाको छापमा सधैं पुर्णिमा हुदैन 

तिमी पनि त सधैं कहाँ हिउदको न्यानो घाम हुन्छेउ र

आफैं हेर न पुर्णिमाको  चन्द्रमाजस्तै तिमी हुन्छेउ र ?? 

कदापी अह .....!!

जसरी घाम ताप लिएर आउछ अनि चन्द्रमा शितल 

हरेकका आ-आफ्ना ताप अनि शितलता हुन्छन्

गर्मी र ठण्डी, दुबैमा दुवै भएकै हुन्छन् नि 

त्यस्तै अनवरत छन् ..... मेरा बाबा आमाका साथ पनि 

तसर्थ,

skepticism लाई confused नगरी convince गर्दा

कुनै पक्षलाई  evaluate नगरी embraceमात्र गर्नु 

र खुशिमात्रमा नभुलिकन आनन्दीत हुनु 

चाहिं यात्राको सारथी हुनु हो .....

साथी त जति छन् जगतमा 

उफ्,,,, खै सारथीको बुझाई.....

सबै कुरा मन पर्छ नै भन्ने पनि त छैन 

सम्बन्धमा likes र dislikes भन्दा पनि,

embrace को तहमा पुग्दा मज्जा आउछ 

जसरी फिटेको कफी र घोटेको कफीमा 

पारखीलाई ठ्याक्कै अन्तर थाहा हुन्छ एक चुस्कीमा नै 


सम्बन्धमा  सारथी, पारखी हुनै पर्छ भन्ने पनि छैन 

राम्रो राम्रो रटाउने यस समाजमा perfection जरुरि नै पनि त हैन 

बस भोगाईमा आनन्द खोज्नु, हरेक पलमा रमाउनु  as if present is a gift

आफुलाई तौलिएर मात्र अरुलाई तराजुमा राख्ने जमर्को गर्नु

मिठासकै पछि मात्र लागेर के गर्नु 

नमिठो के हो भन्ने थाहा नभई मिठो कहाँ छुटिन्छ र 

त्यसो त मिठासहरुकै बिचमा उत्तम यसै छुटिन्छ र 


फगत आफ्ना सिद्धान्तका परिधीमा सबै कुरा ठ्याक्कै मिल्दैनन् 

तपाईका बुझाई र सिकाइका घेरामा सबै पनि त अट्दैनन् 

आश्चर्य आश्चर्यकै बिचका त्यी अड्कल अनि अनुमान 

ठ्याकै तपाई .हुदा मात्रै हो हुने अरुको गुनगान 

 यिनै  confuse र convince बिचका घेरा

 त्यिनै accept  र embrace मध्यका चिरा 

likes र dislikes कै अन्तर अनि 

सुखानुभूति र अव्यक्तभावमा अल्झिएका केही  त्यस्ता फेरा  

भाव छ र त भ्रम पनि

त्यस्तै भ्रमपूर्ण अभिव्यक्ति चिरिएपछिका आनन्दका सुखानुभुती पनि 

अनवरता नै अनन्त हुने, भ्रममा पनि भाव हुने 

र confuse हुदा हुदै convinced हुने आनन्दका आभाषमा 

सबै सम्बन्धका सारथी बाधिए 

आहा कति मज्जा हुने थियो फागुमाषमा 

महजस्तै तिक्खर 

आनन्दजस्तै दिग्गज

अनि convinced जस्तै सन्तुष्टिजनक 

र concerned जस्तै निस्कपट 

उर्फ फागुमास 💞💞

Happy valentines........ 💖💖!!!

PC:Roomie 😍


No comments:

Post a Comment