घुम्ने मेचमा QUARRANTINE DIARY!!


दोपहरमा....!!
मुर्झाएको फूल जस्तै भएकी छ ऊ आज,
सम्झिदैछे त्यी रापिला दिन अनि रमाएका साझ,,
ऊ सम्झिंछे अनि कल्पिन्छे त्यी बिन्दास लागेका पलहरू,
माया मायामै झोकिएझैँ नखरा गरेका कलहरू,,
अन्तरमुखी नभएपनि उसलाई घर बस्न मन पर्छ,
बाहिर्मुखी नभएपनि कोहि कोहिसग मजाले खुल्न हृदयेले भर गर्छ  ,,
आज साझमा........!!!
आकास गड्याङ्गगुडुङ्ग गर्दै मडारिएको सुन्दा
साझमा टहलिएझैँ हिडेका गल्लिहरुले डाकेझैँ लागेको छ
गाउका खल्लुक, डुम्म्री अनि ऐसेलुका बात सुन्दा
आरुका फूल अनि पानि अमलाका मुजुराको उसलाई पनि याद आएको छ
बादल फेरी गर्जियो, मानौ कसैले बोलाउदा नसुनेर डाको चर्को बनाएझै
बिजुलिरानी मिलीक्क गर्छिन मानौं त्यो अध्यारो कुनाले बत्ति नपाएझै
सुन्य पनि लागेको छैन, छैन यो प्रहर नगन्य पनि
खल्लो खल्लो त पक्कै भएकै छ तर बोल्न सक्दैनन् कोहिपनि
किनकि  ऊ अनि उजस्तैका बोली सचिबालाय अनि परिसदका घर्रामा थन्किएका छन्
नारारुपी अनेकन समाजबादी जस्तै लाग्ने सबेदनामा झ्वाट्ट छुने बातहरु घन्काइएका छन्
आफ्ना प्रयोग्सालामा बनाएका मिडियालाई सम्झिदै सोच्दैछे ऊ त्यो सेतो लामो कोटको बारेमा
कल्पिदैछे ऊ त्यी माइक्रोइस्कोप्कॊ स्क्रीनमा देखिएका गोला, चेप्टा, चुच्चा, उठेदबेका सबै खाले जिबानुका बारेमा
कति प्यारा लाग्छन् उसलाई त्यी नादेखिएझैँ हेर्न मिल्ने जादुसरी प्रबिधीहरु
घरी घरी मज्जा लाग्छ सैदान्तीक धरोहर चीरेर बिकास गरेका बिधीहरु
अफसोच एक  अट्टाहसमा,
आफ्ना ज्ञान, सिप योग्यताले  टाढाबाट  बोलाउदैछन
तिम्रा हात त बाधिएछन भन्दै
भिरिओन अनि रिसेप्तरहरू जिस्किदैछन
खुल्ला पंखा फिजाएर उडान तय गर भन्नेहरु
किन तिमी आजको समयमा देखा परेकी छैनौ भन्दै सम्झिदैछन
अफसोच............
बिस्वले उनलाई डाकेको बेलामा घरकाले उनलाई भर गरेनन
केही साथीहरुले त बुझेकै छन् मर्म तैपनि हौसाएर कर गरेनन
किनकि,,
भर कर डर अनि कहरको बिच एक धरातल उभिएको छ
जुन चिर्ने खुर्पामा खिया लागेछ क्यार
अहिले एउटा भुत्ते हसियाले जोहो गर्नुपरेको छ
अनेकौ सिया अनि खिया लागेका काटी जम्मा पारेर
एउटा नया हसिया तयार पारिएको छ
हेर्नेलाई त जोहो हुदैछ भन्ने लाग्ला
मर्कामा परेकालाई केहि हुदैछ हाम्रा लागी भन्ने पनि लाग्ला
तर आशालाई भरोसा अनि भरोसाको बाचेर आडमा
गुज्रिन्छा दिन महिना,
हुन्न होला त्यही भरोसाको आड सधै ढडमा
सक्छु गर्छु भन्ने पनि सधै नभेतिएलान
सबै गर्ने पनि त दक्ष्य नकलिएलान
बुझ्नेले कुरा बुझ्छ मौकामा फोर्छ हिरा नै पनि
त्यी अबुझले पनि त मुर्खतामा मारेकै छन् तीर पनि
तर यहा त लाग्छ थान्ग्नाको पिटाइ भैरहेछ
देशले बिज्ञ र दक्ष्य माग्दैछ
सम्येंत्रले उही आफ्ना खुर्पा र हसियाको
लडाई हेरिरहेछ
मैदान बनेको.. कठै मेरो देश
...बरई ....... !!!!
उही quarantine मा बसेका
skilled life science graduates