झ्यालबाट
मौरीले भुनुभुनु गर्दै उडेर जिस्काउदैछे,
पिडिको
डिलैमा बिरालो न्ग्याउ न्य्गनु गर्दै लास्किदैछे,,
किथिर्को
अनि फट्यांग्राहरु फुत्त फुत्त गर्दैछन,
पारि
छितिजमा सूर्यनारायण सुभाप्रभातको झल्को गर्दैछन,,
सुन्तलाको बोटमुनी
खेलेका कुखुरा र चल्लाहरुलाई मकै
दिनपर्ने,
परेवा
पनि त गुडमा छन्
अलिअलि चामल खुवाउनपर्ने ,,
काली
भैसी भरे र भोलि हुदैछे
कुडोको समय फेर्न भएन,
माली
गाईले पराल नै खान्छिन सगैको
बाछोको पिर भएन,,
कौसीमा
आज मुन्तिर कान्छी र नानु भएर
कमेरो पोत्छु भन्दैछन,
औसीमा
खीर खाउला भनेर बासंग दिन गन्दैछन् ,,
चैतको खडेरीले
धारापानी सुक्दै गाको छ,
गाउँमा खै
किन हो मान्छेको चहलपहल अचाक्ली भाकोछ,,
रिङ्ग् रोड
कि के जाती बनाउन वार्ड अध्यक्ष हिजो सभा बसे
रे,
माइलो कामीको
त घरबारी नै गएछ छोराछोरी लिएर सहर पसे रे,,
माथ्ला घरेको
कागती बगानमा शहरियाले मिल बनाउने रे,
चौतारी माथिको
थाँती भत्काएर बिजुलीको पोल ठड्याउने रे,,
तामाका सबै
चुहेका गाग्री लिन सहरिया बाF8f आउदैछन रे,
पर्सिको रतेउलीमा
गाउदैनन रे कोहि लाहुरेको क्यासेट बजाउने रे,,
झिलीª\गाको साचो नि दिम क्यारे बाF8fले बरु कमाई खाला,
आ6Lमा राखेका मान्द्रो र थर्क6L पनि खै मुसाकै रजाइ अब भैजाला,,
सबै आउँदा
निकाल्ने भजालो मजेरीको कुनाको माटोमै जमेछ,
बाबु लाई
अस्ति फोन गर्दा अब त्यता फर्किन पर्दैन भनेछ,,
मसेउरा र
गाभा बफ़ाइथे कान्छीले खुब चीज गर्थी,
तान्द्रे
र सिप्ली त आमा नै साध्नु भन्दै बा लाई पर सा र्थी,,
मैनघट्ट र
निऊरोले पनि अब चुl8न पर्दैन होला,
खरानी बहान
बसाल्ने ढुङ्गो पनि अब खोलाले लान्छ होला,,
Jfif{fलाई बनाएका ढुङ्ग्रो पनि अब आगोमै जोर्दिए
भयो,
ठेकी ग{f}वा र थुर्मी पनि माइली बजैलाई भोर्दिए भयो,,
चौकाको कुनामा
भएको त्यो बुट्टेदार गोलो पिर्कामा अब,
बिरालीलाई
भात दिने गर्नुपर्यो टेबल मेच त बाबुले उतै बनाएछ तब,,
बुट्टेदार
त्यो गरुङ्गॊ चरेसको थाल बाबा हजुरको,
एक मुठो त्यो
टल्किने प्वाख कुनाको भन्नुहुन्थ्यो बज्यै भाले मजुरर्को,,
औसनी गर्दा
बाबाले लिने त्यो पित्ले अम्खोरा,
करुवा त सबै चुहिसके काटा चम्चा नै पो कम भो र,,
गणेश दुबो
र कालो तुलसी त एक एक बेर्ना त जोगाउ क्यार,
माली गाइको
दुई माना घिउ पनि त साचम क्यार,,
बुl9सासुको त्यो चिनो फुर्के बुलाकी बुहारीलाई कर गरिन,
नातिनीलाई
मुन्द्री कमाइदिउ भन्दा मान्दैनन तपाइका कुरा भनिन खासै भर गरिन,,
कौसीका गोता
सात एक मादले फर्सी घामले पट्टेर फुट्न आटेछन,
पारी गाउँमा
बाटो बढाउन धारा माथिको समी काटेछन्,,
मौरे खोलामा
ट्यांकी बनाउने अरे,
8'म्री रहमा माछाको भुरा हाल्ने अरे,,
भंज्याङ्गको
साइलोको पसल त अब होटल बंछा होला,
सचिब बाबुले
बजेट छिमल्दा बनाएछन औंठी गनेर तोला,,
लाहुरनी माईलीको कार्ड बन्यो अरे,
बु9f घरेले पनि बेसीमा घडेरी गन्यो अरे,,
यो चौतारो
माथिको एउटा घर अनि मुनीको एउटा छाप्रोलाई,
किन गर्छौ
यतिका लगानी बरु राख जोगाऊ ओड्ने कात्रोलाई,,
यो मझेरी
पिंडी अनि चौकामा गरेका भागबन्डामा,
Gf त कानुन न दैब द[स्टी कपटी कोहि नपर्ने डण्डामा,,
चौतारीको
शितल बादी भो ओग्गर भो पधेरो र मूल,
नाम त सबै
पित्रीकै भरमा खै गीतामा रहने भयो नामको कुल,,
हिजो बिस्कुन
सुकाउन्दा मान्द्रोमा अल्झेकी,
त्यो भागेरी
बिचरी कता होली बल्जेकी,,
पुगी पुगीन
होला बचेरालाई छारो लिएर,
आउछ कि भगेरोले
पनि झोल पिएर,,
सोच्दै थिए
एक मेसोमा .........
पालीमा फोन
बज्न थाल्यो ........
एक तमासमा
बाबु बोल्यो ....... सासै नरोकी भन्न थाल्यो .....
आमा
..........
यहा त केहि
टीकिन्छा जस्तो छैन,
मेरो जागिरमा
न आइज भन्दै छन् बुहारी नि आजबाट काममा गईन,,
घरमुनिको
बारीमा केछ मेसो परे साग छर्नु,
गहुँ मुसुरो
रहर के के पाके नभए अइचो मानो भर्नु,,
तल्लो कोठामा
बिस्तारा मिलाइदिनु आउँदा हामी थाकिन्छ होला,
बालाई अहिले
केहि नभन्नु सम्झेर कुरा पाको मन रोला,,
ओल्तिर पल्तिर
कोको आए हामी नि आउदैछम नभन्नु कसैलाई,
आउने मेसो
नै कसिलो छ आमा, टिकट नि मिलेको छैन खासैलाई,,
लाहुरबाट
भाईले आउछु भन्दैछ बालाई अलिकति पैसा मिलाउन भन्नु,
हामी नि आउने
त हिडेर होला, २-४ रात छोडी दिन गन्नु,,
यहाँ त डोको
नि पाइन्न आमा, पोका पुन्तुरा गाँठो पारियो,
अरु त अरु
सानी छोरीको पनि बनेको छ सानो पुन्टे बरियॊ,,
तामाका गाग्री
चुहिएका होलान, म आएर टालटुल पारुला,
पाखो बारीमा
खेताला भन्नु घैया र कोदो सारुला,,
पाखुरी रुख
छिमलेको हो-ओइन २-४ दिन यसै छोड्नु,
मकै लगाएकी
छौ कि छैनौ बेलाले सके दोहोरो गोड्नु,,
साह्रै गाह्रो
भयो आमा मान्छेले मान्छेसग दराउन थाले,
घरबेटीले
चीन्न छोडे, नजिक परे अरुले कराउन थाले,,
निस्सासिएर
मर्ने दिन आए रे , यता सब कातर भएछन,
आधा महीना
हिदिकन छिमेकी, पश्चीम किल्लामा परलोक भएछन,,
जसो तसो आउंछु
आमा, बुडी छोरी र गुन्टा लिएर,
कान्छीलाई
पर्सीमा बेसी झरन भन्नु नाम्लो र डोको लिएर,,
हुन्छ बाबु
, आऊ रामरी सिरक डसना सुकाइदिऊला,
के भन्छे
नातीनी छन् चामल माना ३ चाम्रे बनाइराखुला,,
बाले निको
नै मानु होइछ, भाईलाई फोन लगाउन परेको,
भान्जीलाई
तिमी सम्झीकनबोल्नु एकपटक सोध्नू छन् कसो गरेको.........!!
कोरोना कहर !!!!!!मौन सहर
#Sadindeedtrue!!